तिहारको पहिलो दिन आज काग तिहार

काठमाडौं–कार्तिक । आजदेखि हिन्दु धर्मावलम्बीको दोस्रो ठूलो पर्व तिहार सुरु भएको छ । तिहार पहिलो दिन आज काग तिहार घर–घरमा कागलाई खानेकुरा राखी कागको पूजा गरी मनाइदै छ । कात्र्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वीतियासम्म पाँच दिन मनाइने भएकाले यो पर्वलाई यमपञ्चक पनि भनिन्छ । crow-564x433

धार्मिक मान्यता अनुसार यमराजको सन्देशवाहकको रूपमा मानिएको कागलाई आज यमदूतकै रुपमा लिई पूजा गरेर खानेकुरा दिइन्छ । कागले सबैलाई समान दृष्टिले हेर्छ भने अन्नबालीमा लाग्ने किरा फट्याङ्ग्रा खाइदिन्छ भन्ने मान्यता रहि आएको छ ।

तपाईको प्रतिक्रिया