कांग्रेसलाई महाअभियोगका पक्षमा निर्णय गर्न मानवअधिकारकर्मीको दबाव

काठमाडौं–कार्तिक । मानवअधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्तावका विषयमा जतिसक्दो चाँडो औपचारिक निर्णय लिन आग्रह गरेको छ ।

प्रतिनिधिमण्डलले कार्कीको नियुक्तिको नै शान्ति समाजले काकी विरूद्ध उभिने कुरामा औपचारिक निर्णय गर्न कांग्रेसले ढिलो नगर्न आग्रह गरको हो ।

समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गङ्गाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाईं, संस्थापक सदस्य कृष्ण काडेल, महासचिव उत्तम पुडासैनी र कोषाध्यक्ष रेणुका पौडेल सम्मिलित टोलीले  कांग्रेस सभापति देउवालाई भेटेको थियो ।

तपाईको प्रतिक्रिया