काठमाडौं–कार्तिक । यदि तपाई विहान १० बजेबाट बेलुका ५ बजेसम्म सरकारी कार्यालय खुल्छ भन्ने सोचेर परिक्षा नियन्त्रण कार्यालय बल्खु जानुभयो भने तपाईका त्यो सोच गलत हुनेछ । विहान १० बजेदेखि ५ बजेसम्म खुल्नुैपर्ने सरकारी कार्यालयमा विहान ११ नबजि र बेलुका ४ बजेपछि कुनै काम हुदैन । जागिर पकाउन मात्र आएका परिक्षा नियन्त्रण कार्यालयका सरकारी कर्मचारी न विहान १० बजे नै कार्यालयमा हाजिर हुन्छन् नत बेलुका ५ बजेसम्म नै कार्यालय बस्छन् ।
मङ्गलबार कीर्तिपुरमा बस्दै आएका एक विद्यार्थी ठीक चार बजे स्नातक तहको प्रोभिजनल सर्टिफिकेट लिन जाँदा अधिकांश सरकारी कर्मचारी घर हिडेकाले काम हुन सकेन । भएका एका दुई कर्मचारी पनि कार्यालय बाहिर गफिएर बसेका थिए । यो त केवल एक प्रतिनिधि घटना मात्र हो । परिक्षा नियन्त्रण कार्यालयको दैनिकी यस्तै बन्दै आएको छ । सरकारी सेवा सुविधिा लिएर जनताको काम गर्न खटिएका भन्ने छाडा कर्मचारीको न त कसैले अनुगमन गर्छ नत तोकिएको समयसम्म नै कार्यालय खुल्छ ।