काठमाडौं–कार्तिक । प्रमुख दल तथा सत्ता साझेदार दल नेपाली कांग्रेसले अझै लोकमान कार्की बारे निर्णय गर्न सकेको छैन । सोमबार बसेको केन्द्रीय समितिको बैठक पनि विना निष्र्कष टुङ्गिएको हो । केन्द्रीय समिति बैठकमा महाअभियोग प्रस्तावको पक्ष र विपक्षमा मत आएपछि कांग्रेस पर्ख र हेरको अवस्थामा पुगेको हो । केही नेताले महाअभियोग प्रस्तावको विपक्षमा उभिन नेतृत्वलाई दबाब दिएका छन् । कांग्रेसका युवा नेताले तत्कालै पक्षमा निर्णय गर्न दबाब दिएका छन् । तेश्रो धारमा रहने केन्द्रीय सदस्यले महाअभियोगबारे पर्याप्त अध्ययन गरी जनाधारको आधारमा निर्णयमा पुग्न नेतृत्वलाई दबाब दिएका छन् ।
तर कांग्रेसले केन्द्रीय सदस्यले बोल्ने क्रम नसकिएकाले निर्णयमा पुग्न नसकेको बताउदै आएको छ । तीन पटकको केन्द्रीय समितिको बैठकबाट पनि लोकमान बारे कांग्रेसले निर्णय गर्न नसकेपछि कतिपयले यसलाई कांग्रेस पुरानै छेपारे शैलीमा यसलाई ख्याखा गर्न थालेका छन् ।