काठमाडौंमा राति १० बजेसम्म मात्र देउसी खेल्न पाइने

काठमाडौं–कार्तिक ८ । यदि काठमाडौमा देउँसी भैलो खेल्ने योजना बनाउनु भएको छ भने दश बजेसम्म योजना बनाउनु होला । जिल्ला प्रशासन कार्यालयले काडमाठौंमा तिहारका अवसरमा खेलिने देउँसी भैलो राति १० बजेसम्म मात्र खेल्न पाइने व्यवस्था गरेको छ ।

deusibh सोमबार एक विज्ञप्ती जारी गरी कार्यालयले यस्तो निर्णय लिएको हो । त्यस्तै प्रशासन कार्यालयले देउँसी भैलो खेल्दा घरधनीको सहमति लिएर मात्र खेल्नु पर्ने, पटका, भूईंचम्पा जस्ता प्रज्जवलनशील पदार्थको ओसारपसार, बिक्री वितरण र प्रयोगमा रोक लगाइएको छ

Published On:  585पटक हेरिएको

तपाईको प्रतिक्रिया