माओवादी केन्द्रबाट महाअभियोगको पक्षमा व्हीप जारी

काठमाडौं–कार्तिक । नेकपा माओवादी केन्द्रले व्यवस्थापिका संसदमा दर्ता भएको अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्तावको पक्षमा रहन सांसदहरुलाई व्हीप जारी गरेको छ ।

संसद भवन नयाा बानेश्वरमा आइतबार बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सांसदहरुलाई निर्देशन दिदै महाअभियोग प्रस्तावको पक्षमा रहन निर्देशन दिनुभएको हो ।

सांसद अग्नि सापकोटाले प्रधानमन्त्री दाहालले बैधानिक रुपमा व्यवस्थापिका संसदमा दर्ता भएको महाअभियोग प्रस्तावलाई अघि बढाउन बैठकमा निर्देशन दिएको जानकारी दिनुभएको थियो ।

Published On:  340पटक हेरिएको

तपाईको प्रतिक्रिया