महाअभियोग प्रस्ताव संसदमा पेश, मङ्गलबार छलफल हुने

काठमाडौ–कार्तिक । अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव संसदमा पेश भएको छ । आयतबार बसेको व्यवस्थापिका संसद बैठकमा सभामुख ओनसरी घर्तिले महाअभियोग प्रस्ताव संसदमा दर्ता भएको जानकारी गराउनुभएको थियो । सभामुख ओनसरी घर्तिले संसदमा महाअभियोगसम्बन्धी प्रस्ताव दर्ता भएको जानकारी गराउँदै कात्तिक ९ गते मंगलबार दिउँसो ३ बजे बस्ने बैठकमा प्रस्तावमाथि छलफल हुने संसदलाई जानकारी दिनुभयो ।

गत विहिबार प्रमुख प्रतिपक्षी एमाले र सत्तारुढ दल नेकपा माओवादी केन्द्रका १ सय ५७ जना सांसदले कार्की विरुद्धको महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।

तपाईको प्रतिक्रिया