युवाशक्ति खाडी पठाएर समृद्धी खोज्नु नेतृत्वको नालायकीपना

नरेन्द्र चुदाली–काnarendraर्तिक ।  युवाशक्ति देश विकास र परिवर्तनका पहरेदार मानिन्छन् । युवाहरू सकारात्मक सोच र शक्ति खानी हुन् । यी शक्तिले नयाँ विचार जन्माउन सक्छ र हरेक असम्भवलाई सम्भव बनाउने दृढ विश्वास र संकल्प राख्दछन् । त्यसैले त युवाप्रति परिवार समाज र सिङ्गो देशको भरोसा रहनुका साथै जिम्मेवारीको हस्तान्तरण गर्न सक्नुपर्दछ ।

युवाशक्ति एउटा त्यस्तो शक्ति हो जसले एउटा परिवार, समाज अनि सिङ्गो देशलाई नै कायापलट गर्ने क्षमता राखेको हुन्छ । तर त्यो त्यति बेला मात्र सम्भव हुन्छ जब ति उर्भर उर्जा भएका युवाहरुले आफ्नो क्षमता र सामथ्र्यलाई उचित ठाउँमा सदुपयोग गर्ने अवसर प्राप्त गर्दछन् । तर देशमा त्यस्ता अवसरहरु कुनै एउटा युवाले मात्र व्यक्तिगत रूपमा शृजना गर्न असम्भव हुन्छ । त्यस्ता अवसरहरुको सृजना गरेर देशका युवाहरुको सहि परिचालन गर्ने मुख्य जिम्मेवारी र दायित्व राज्यको हो ।

देशमा रहेका सा्रेत  साधनहरुको परिचालन गरी देशलाई समृद्ध बनाउनको लागि  युवाहरुको अधिकतम् परिचालन गर्नु आवश्यक हुन्छ । जब कुनै देशले आफ्ना युवाहरुको क्षमताको उचित मुल्याङ्कन गरेर उनीहरुको क्षमतालाई समृद्धीको अभियानमा प्रयोग गर्न सक्दछ तब मात्र त्यो देशको विकास र आर्थिक समृद्धी पनि सम्भव हुन्छ । र, युवाहरुले पनि रोजगारी र आय–आर्जनको अवसर प्राप्त गर्दछन् ।

तर बिडम्बना हाम्रो देशमा रहेका लाखौ युवाहरुलाई नत उचित अवसर प्राप्त हुन सकेको छ नत देश नै समृद्धीको दिशामा जान सकेको छ । देशको परिवतर्नमा एउटा अबतार बनेर आउन सक्ने युवाहरु राज्यको अदुरदर्शीता र सत्ता केन्द्रीत राजनीतिबाट पीडीत छन् । देशका लाखाौ युवाहरु क्षमता हुँदाहुँदै पनि अवसर प्राप्त गर्न नसकी  कठित बेरोजगार युवाको ट्याग भिरेर बस्न बाध्य छन् । आज लाखौं युवाहरु देशमा कुनै अवसर नपाएपछी सुनौलो सपनाको खोजिमा भौतारिदै खाडी लगायतका मुलुकमा रगत पसिना बगाउन बाध्य छन् ।

देशमा केहि गर्छु, देशमै बसेर आफ्नो जीवन चलाउँछु भन्ने रहर र चाहना हुँदाहुँदै देशमा  रोजगारी र उद्यमशीलताको कुनै अवसर नदेखेपछि युवाहरु मानसिक दबावमा परेका छन् । यस्तो अवस्थामा उनीहरुको एक  मात्र विकल्प वैदेशिक रोजगारी हुन पुगेको छ । युवाहरु पैसा कमाउने सपना सजाएर आफ्नो परिवार ,गाउँ र प्यारो देशलाई छाडेर विदेशीनु परेको तितो यथार्थता हामी सामु छ । सायद एउटा नागरिक भएर देशमा अवसरहरुको खोजीमा तड्पदै अन्तत: देशलाई नै छाडेर विदेशीनु निकै पीडादायी अवस्था हो । तर यो आम नेपाली युवाहरुको बाध्यता हो ।

देशको यस्तो अवस्था हुनुमा राज्यको अदूरदर्शीता र युवाहरुप्रतिको गैर–जिम्मेवारीपना नै मुख्य कारण हो । देशमा परिवर्तनका नाममा थुर्पै आन्दोलन भए र त्यी परिवर्तनका मुख्य स्रोत नै युवाशक्ति भए ।

त्यी सबै आन्दोलनमा युवाहरु रोजगारी र समृद्धी सहितको लोकतन्त्रका निम्ति लागेका थिए । तर बिडम्बना आज देशमा गणतन्त्र आएको छ । तर, देश गरिबी र बेरोजगारीबाट मुक्त हुन सकेको छैन । अझ बेरोजगारी झनै विकराल बन्दै गएको छ । एउटा समृद्ध नेपाल देख्ने आम नागरिकको चाहाना मृगतृष्णामै सिमित भएको छ । देशमा रोजगारीको अवसर सृजना गर्छाै, देशलाई आमूल परिबर्तन गर्छौ भन्ने दलहरुको मानसिकता र कार्यशैली नै परिवर्तन नहुँदा देशले विकाश र समृद्धीको बाटो लिन सकेको छैन ।

आजपनि दैनिक हजारांै युवाहरु विदेशीन बाध्य छन् । देशमा रोजगारीका नगन्य अवसर छन् । र त्यसमा पनि नातावाद र कृपावादको घिनलाग्दो छायां पर्दा क्षमता भएका युवाहरुले पनि त्यस्तो अवसर पाउन सकेका छैनन् । देशमा लगानीको वातावरण छैन् ।  जसले गर्दा तरलता बढेर गएको छ । पुजी परिचालन हुन सकेको छैन् । राजानीतिक अस्थिरता,  भूकम्प र नाकाबन्दीका कारण पछिल्लो १४ बर्षमा नेपालको आर्थिक बृद्धिदर सबैभन्दा अरू देशको भन्दा कम प्रतिशतले हुँदैछ । यसले झनै बेरोजगारी निम्तीने अनुमान गरीएको छ । दलहरु सरकार ढाल्ने र बनाउने खेलमै लिप्त छन् ।

देशमा बेरोजगारीको यस्तो बिकराल स्थिति आउँदा पनि राज्य मौन बसेको छ । नत राज्यले रोजगारीका अवसरनै सृजना गर्न सकेको छ नत युवाहरुको विकाश र सुरक्षित भविष्यको निम्ति स्पष्ट निती र योजना बनाउन सकेको छ । युवाको विकासको लागि भनिएको युवा मन्त्रालयको काम हेर्दा उसको जम्मेवारी बिहान १० बजे कार्यालय खोल्ने र ५ बजे बन्द गर्ने मात्र होकी जस्तो लाग्छ । नत्रभने देशका युवाहरु अवसर र रोजगारीका निम्ति छटपटाईरहँदा थोरै भएपनि सम्बवेदनशिल बन्नु पर्दथ्यो । सायद राज्यको यही लाचारीपन नै हाम्रो पीडा हो । आज देशमा भूकम्प पछिको पुनर्निर्माण गर्नुपर्ने छ । तर यहाँ जनशक्तिकै अभाव देखिएको छ । पलायन भईरहेको जनशक्तिलाई रोक्न कसैको चासो देखिएको छैन । गाउँघरमा युवाविहीन भएका छन् । काम गर्ने नहुँदा खेतीयोग्य जमिन बाजै छन् । गाउँघरमा महिला, केटाकेटी र वृद्ध मात्र हुादा दाहासंस्कारमा समेत समस्या हुने सम्मको पीडादायक स्थित छ । तर पनि नेपालको राजनैतिक नेतृत्व ले विकास र समृद्धीका ठूला ठूला र आधारहीन कुरा गर्न छाडेका छैनन् । कहिलेकाही त यस्तो लाग्छ की सधै गरिब जनताको परीवर्तनका नाममा राजनीति गर्ने दलहरु देशमा गरिबी सकीएपछी कसको नाममा राजनीति गर्ने भन्ने चिन्तामा देशलाई गरिबी र अभाबमै राख्न चाहान्छन् ।

देशमा गरिबी बेरोजगारी र परिवर्तनको नाममा युवाहरुलाई लाठी र बन्दुक बोकाउने दलहरुले आज सत्तामा पुगेपछी युवाहरुको लागि कुनै स्पष्ट योजना र नीति बनाउन नसक्नु दुखद हो ।

देशमा लाखौ युवाहरु शैक्षिक बेरोजगार बनिरहेका छन् । तर देशको मूल राजनैतीक धार युवाहरुको पीडा र भबिष्यप्रती संबेदनाहीन भइदिदा आम युवामा अन्योलता छाएको छ । यसरी देश रेमिटेन्सकै भरमा चलिरहँदा अबको आर्थिक समृद्धीको यात्रा कसरी अगाडी बढ्छ यो सबै अनुत्तरीत छ ।

– राज्यले नै अघोषित अयोग्य बनाउदै छ युवालाई
देशमा बर्षेनी हजारौ युवा आफ्नो पढाई सकेर रोजगारीका अवसरहरु खोजीरहेका हुन्छन् । तर बिडम्बना जो अभिभावकको रुपमा रहेको राज्य छ त्यसले त्यी युवाहरुको बाकी भबिष्य र अवसरको निम्ति कुनै चासो दिदैन । सरकारले केवल बर्षमा चार पाच हजार युवालाई लोकसेवा मार्फत जागिर दिने बाहेक अन्य पहल केही गरेको देखिदैन । लोकसेवामा उतीर्ण हुने बाहेकका अन्य युवाहरुलाई सरकार ले अघोषित रुपमा अयोग्य नै बनाएको छ भन्दा फरक पर्दैन । यदी युवाहरुको सवालमा सरकार गम्भीर हुन्थ्यो भने आवश्यक नीति बनाई पहलकदमी ल्याउथ्यो होला । लोकसेवामा पनि मागको तुलनामा निकै नै न्यून मात्रामा विज्ञापन खोल्ने हुनाले धेरै क्षमता भएका युवाहरुले पनि त्यसमा अवसर पाएका छैनन् । केही ले निजी क्षेत्रमा अवसर पाउने भए पनि त्यो नगण्य छ ।

उद्यमशीलताको लागि पनि पर्याप्त वातावरण बन्न सकेको छैन । यहाँ कुनै पनि युवा अयोग्य छैन्न् । हुनसक्छ कोही भारी बोकेर खाने हैसीयत राख्छन भने कोही प्लेन चलाएर खाने हैसीयत राख्छन् । हरेक युवासंग आ–आफ्नै क्षमता छ । उनीहरुको क्षमता अनुसार अवसर प्रदान गर्नु राज्यको दायित्व हो । केवल बर्षमा लोकसेवा मार्फत चार पाँच हजार युवालाई जागिर दिई अरुलाई अघोषीत अयोग्य बनाईनु दुखत हो । के सरकारको दायित्व यती मात्र हो त । सरकार गम्भीर बनोस् ।
देशको विकास गर्ने हो भने नेपालमा प्रचुर सम्भावना र अवसर छन् । पर्यटनदेखि लिएर खनिज जडिबुटी जलस्रोतबाट नै देशको कायापलट गर्न सकिन्छ । तर यसको लागि राज्यले नै अग्रसरता लिनु जरुरी छ । राजनैतिक नेतृत्वमा इमान्दारीता हुनु जरुरी छ । यदि देश विकासको गतिमा अगाडी बढ्यो भने त्यसमा युवाहरुले महत्वपूर्ण भूमिका निर्वाहा गर्ने कुरामा दुई मत छैन् । यसको लागि राज्यले देशका युवाभित्र रहेको क्षमता चिन्नु जरूरी छ ।

देशमा धेरै राजनैतिक परिवर्तन भए तर त्यी परिवर्तन पछि देश आर्थिक रुपमा समृद्ध नहुँदा प्राप्त परिवर्तन दीर्घकालिन हुन सकेनन् । हामीलाई चाहीएको आर्थिक समृद्धी सहितको परिवर्तन हो । भोको पेटमा गणतन्त्रका नारा लगाउनु मूर्खता वाहेक अरु केही हुन सक्दैन । त्यसैले अहिलेको परिवर्तनको रक्षाका लागि देशमा आर्थिक विकास गर्नु जरुरी छ । आर्थिक परिवर्तन विनाको राजनैतिक परिवर्तनको कुनै अर्थ रहँदैन । देशमा अझैपनि यस्तै अवस्था भइरह्यो भने आर्थिक कमजोरीको फाइदा उठाएर परिवर्तन विरोधी र देशी विदेशी शक्ति केन्द्रले चलखेल गरीरहने छन् । जसले राष्ट्रियतालाई समेत कमजोर बनाउन सक्नेछ । त्यसैले दलहरु बेलैमा नै आर्थिक समृद्धीको यात्रामा लाग्दै परिवर्तनलाई अझ परिपक्क बनाउनु जरूरी छ ।

देशको वर्तमान आवश्यकता भनेको अहिलेको जनजिविकाका सवाललाई सम्बोधन गर्दै विकासको दीर्घकालीन मार्गचित्र कोर्नु हो । जहाँ आम युवाहरुको भविष्य सुनिश्चित हुनुपर्छ । सरकार र दलहरुका कुरामा विश्वास गर्ने वातावरण हुनुपर्छ । विकाश गर्छु भन्ने कुरा राम्रो भएपनि जनताहरु सामान्य जीवन जिउनकै लागि संघर्ष गरीरहँदा जनताको साथमा नरहेको सरकारले त्यस्ता कुरा गर्नु उचित हुदैन ।

-देश अब प्रयोगशाला बन्नु हुदैन
विगत लामो समयदेखी हाम्रो देश कसैन कसैको प्रयोगशाला बनिरह्यो । कहिले विदेशी शक्तिकेन्द्रबाट त कहिले देशकै नेताबाट । नेताहरुले आफ्नो राजनैतिक करियर र ब्याक्तिगत इगोकै लागि देशलाई बन्धक र गतिहीन बनाए । यही कारण नै हामी सधै पछाडी पर्न बाध्य भयौ । तर अब यो देशलाई कसैको प्रयोगशाला हुनबाट बचाउनुपर्छ । विकासमा हामी धैरै पछाडी परिसकेका छौं । त्यसैले अब हामिले सम्पूर्ण ध्यान तिब्र गतिको विकासमा लगाउनुको विकल्प छैन् । विकास र समृद्धीबाट नै हाम्रो राष्ट्रियता र प्राप्त उपलब्धिको रक्षा हुने कुरामा दुईमत छैन । प्रसिद्ध विद्धान चाणक्य ले भनेजस्तै हामीसंग गल्ती गर्दै पाठ सिक्ने समय छैन किनकी अब हाम्रो पुस्ताको समय छोटो छ । यही छोटो समयमै समृद्ध नेपाल बनाएर अर्को पिढीलाई सुम्पनु पर्ने छ । त्यसैले यो समय गल्ती गर्दै पाठ सिक्ने होईन विगतका गल्तीबाट पाठ सिक्दै अगाडी बढ्ने हो । अबका हाम्रा योजना र रणनीतिहरू ‘सियोर सट’ हुनु आवश्यक छ ताकी हामीले छोटो समयावधिमै देशको कायापलट गर्न सकौं । जसको लागि नेपाली माटो सुहाउँदो विकाशको रूपरेखा तयार गरिनु जरूरी छ । हामिले देशमा रहेको जलस्रोत, खनीज, जडीबुटी, वनजगंल र हाम्रा जुझारु युवाशक्तिको सीप क्षमता र तागत लागि देश निर्माण लगाउनु आवश्यक छ । आज हामै्र नेपाली युवाहरुको वीरताले धेरै देशहरुको सार्वभौमिकता रक्षा भएको छ । हामै्र नेपाली छोराहरुको रगत र पसिनाले विश्वका देशहरु विकासको उचाईमा पुगेका छन् ।

आज हाम्रै पाखुराहरुबाट कतारले विश्वकप आयोजनाको जग बनाउँदै छ भने हामी  किन पछाडि ? अब हाम्रा पौरखी पाखुरा हाम्रै देशको समृद्धीमा प्रयोग गरीनुपर्छ । आज देशमा लगानीको वातावरण नहुँदा बजारमा तरलता छाएको छ । देशमा लगानीको वातावरण बनाएर लगानीयोग्य पुजीलाई देश विकाशमा परिचालन गर्नु अहिलेको आवश्कता हो । हाम्रो उदेश्यमा बाधक बन्ने जोसुकैलाई जनताले चिन्नु पर्छ । अब हाम्रा भावनामा खेलेर राजनीति गर्नेहरु लाई निस्तेज पार्नै पर्छ ।

Published On:  1111पटक हेरिएको

तपाईको प्रतिक्रिया