काठमाडौं–कार्तिक ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू चौतर्फी रूपमा दलीय घेराबन्दीमा परेको बताउनुभएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री दाहालले काठमाडौंमा आज पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै आफू जटिल परिस्थितिकावीच काम गुनोसो व्यक्त गर्नुभयो ।
दाहालले अहिलको परिस्थिति अघिल्लो पटक सरकारको नेतृत्व लिए जस्तो अहिले सहज नभएको भन्दै आफ्ना कामकारवाही सहयोग गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । प्रधानमन्त्री दाहालले संविधानमा सर्व स्वीकार्यताको दायरा फराकिलो बनाउँदै कार्यान्वयन गराउनु अहिलेको मुख्य चूनौति रहेको बताउनुभयो ।
उहाँले संविधानमा असन्तुष्टि जनाउँदै आएका समूह, मधेसी, जनजाति लगायतका समुदायलाई सहमतिमा ल्याउँदै संविधानमा सर्वस्वीकार्यताको दायरा फराकिलो बनाउनुपर्ने उल्लेख गर्नुभयो ।