काठमाडौं–कार्तिक ५ । सरकारले चीनबाट पनि पट्रोलियम पद्धार्थ ल्याउने तयारी थालेको छ । आपूर्ति मन्त्रालयले चीनबाट इन्धन ल्याउने नयाँ तयारी थालेको हो । सरकारी स्वामित्वकै नेसनल ट्रेडिङ लिमिटेडलाई नेपाल आयल निगमको मातहतमा राखेर त्यसैमार्फत इन्धन आपूर्ति गर्ने तयारी थालेको आपूर्ति मन्त्रालयका एक अधिकारीले बताए ।
भारतको नाकाबन्दीपछि पेट्रोलियम पदार्थ आयातमा भारतको विकल्प खोज्ने निर्णय भएको करिब एक वर्षपछि मन्त्रालयले यस्तो रणनीति बनाएको हो । यसअघि पनि चीनबाट पट्रोलियम पदार्थ ल्याउने कुरा चलेपनि ठोस रूपमा औपचारिक सम्झौता हुन सकेको थिएन ।