काठमाडौं–कार्तिक ५ । सरकारका मुख्य सचिवले सोमलाल सुवेदी लोडसेडिङ घटाउन आगामी असार मसान्तभित्र कम्तीमा थप दुईसय मेगावाट विद्युत् उत्पादन गर्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिनुभएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको राष्ट्रिय ऊर्जा संकट सम्बन्धी बैठकपछि मुख्य सचिव सोमलाल सुवेदीले यस्तो निर्देशन दिनुभएको हो ।
गत वर्ष सरकारले २ सय मेगावाट बिजुली उत्पादन गरी लोडसेडिङ घटाउने कार्ययोजना बनाएको बनाएपनि कार्ययोजना कार्यान्वयन नहुँदा हालसम्म जम्मा ८६ मेगावाट मात्र विद्युत् उत्पादन मात्र भएको छ । नेपालमा प्रर्याप्त मात्रामा जलस्रोत भएपनि उर्जाको विकास हुन नसक्दा सर्वसाधारणले बर्षेनी घण्टौ सम्म लोडसेडिङ खेप्नु परेको छ ।