काठमाडौं–कार्तिक ४ । नेकपा माओवादी केन्द्रले अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने विषयमा सबै दलसँग छलफल गर्ने निर्णय गरेको छ । विहीबार बसेको माओवादी हेडक्वाटर बैठकले संसदमा दर्ता महाअभियोगका विषयमा सत्तासाझेदार दल नेपाली कांग्रेससंग पनि छलफल गर्ने निर्णय गरेको हो ।
सरकारको समेत नेतृत्व गरेको दल माओवादी केन्द्रले सबै दलसँग यस विषयमा छलफल गरेर अघि बढ्ने निर्णय गरेको हो ।
बैठकमा प्रधानमन्त्री समेत रहनुभएका माओवादी अध्यक्ष पुष्पकमल दाहालले अख्तियार प्रमुख कार्की विरुद्ध महाअभियोग प्रस्ताव लगाउने उचित भएको निष्कर्ष निकाल्दै त्यसकालागि सत्ता साझेदार कांग्रेस लगायत अन्य दलसँग पनि छलफल गरी महाअभियोगमार्फत कार्कीलाई हटाउनुपर्ने बताउनुभएको एक माओवादी नेता नेताले जानकारी दिनुभयो ।