यूएईबाट विदामा घर आउँदा दूतावासबाट पत्र लिनुपर्ने

कार्तिक ३ । घरेलु कामदारका रुपमा वैधानिक रुपमा युएई आएका नेपालीहरुले बिदामा नेपाल आउँदा अनिवार्य रूपमा दूतावासबाट पत्र लिनुपर्ने भएको छ । यदि कुनै कामदारले दूतावासबाट पत्र नलिएको खण्डमा श्रम स्विकृत नहुने भएको छ । नेपाली दूताबास युएईले एक विज्ञप्ति जारी गर्दै यूएईमा कार्यरत घरेलु कामदारहरुलाई श्रम स्विकृतको लागि नयाँ नियम बारे जानकारी गराएको हो । uyae

नयाँ नियम  कार्तिक १ गते बाट लागु भइसेको छ । वैधानिक रुपमा नेपालबाट श्रम स्विकृत लिएर घरेलु कामदारको रुपमा युएई आएका घरेलु कामदारहरुले मात्र दूताबासबाट पत्र पाउने छन् ।

तपाईको प्रतिक्रिया