गीतकार योगेन्द्रमणि दाहाल पक्राउ

काठमाडौं–कार्तिक । गीतकार योगेन्द्रमणि दाहाल पक्राउ परेका छन् । गीतकार सङ्घका अध्यक्ष समेत रहेका योगेन्द्रमणि दाहाल रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका हुन् । दाहाललाई महानगरीय प्रहरी परिसर, ललितपुरको टोलीले मङ्गलबार बालुवाटारबाट पक्राउ गरेको हो । उनी कार्यरत संस्था नेपाल बिटुमिन एन्ड ब्यारेल लिमिटेडको रु १२ करोड ३५ लाख हिनामिना गरेको आरोपyogendra लागेकाले पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

कम्पनीबाट परेको उजुरीका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ । दाहाल २०४६ देखि अमलेखगन्जमा रहेको अलकत्रा कम्पनीको लेखा अधिकृतका रुपमा कार्यरत थिए ।

Published On:  462पटक हेरिएको

तपाईको प्रतिक्रिया