केरूङमा निगमले र पाँचखालमा सेनाले तेल भण्डारण गर्ने

काठमाडौं–कार्तिक ३ । सरकारले पट्रोल भण्डारण क्षमता अघि बढाउने प्रक्रिया अगाडि बढाएको छ । यसै अनुरूप सरकारले इन्धन भण्डारणका लागि केरुङमा आयल निगम र पाँचखालमा सेनालाई जिम्मा दिने तयारी पनि गरेको छ । इन्धनको भण्डारण विस्तार योजनाअन्तर्गत निगमसँगै सुरक्षा निकायलाई पनि भण्डारणको जिम्मा दिन लागेको हो ।

nepal_oil_corporationकाभ्रको पाँच खालमा सेनासँग जग्गा भएकाले त्यसको प्रयोग गर्नेगरी भण्डारणको जिम्मा सेनालाई दिन लागिएको बताइएको छ । स्वचालित  मूल्य लागु गरेयता निगम नाफामा रहेकाले केरुङतर्फ भने आयल निगमले नै तेल भण्डारण जिम्मा लिनुपर्ने छ ।  २०७१ साल असोज १३ देखि पेट्रोल, डिजेल मटितेल र हवाई इन्धनमा स्वचालित मूल्य लागु भएको थियो ।

तपाईको प्रतिक्रिया