काठमाडौं–कार्तिक २ । नेपाल आयल निगमले पाँच गुणा पट्रोलियम भण्डारण क्षमता बढाउने भएको छ । उपभोक्तालाई सहज रुपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउने हेतुले नेपाल आयल निगमले इन्धन भण्डारण क्षमता पाँच गुणा बढाउने तयारी गरेको हो ।
अहिलेको भण्डारण क्षमतालाई संरचनागत रुपमै बढाई करिब ३९ करोड लिटर पुर्याउने निगमको योजना रहेको निगमका एक अधिकारीले बताए ।
अहिले रहेको ७१ हजार किलोलिटर (७ करोड १० लाख लिटर) क्षमताले बजार माग दुई साता पनि नथेगेपछि भण्डारण क्षमता विस्तार गरेर ३ लाख ८८ हजार किलोलिटर (३८ करोड ८० लिटर) पुर्याउन लागिएको हो ।