काठमाडौं–कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा त्रिपक्षिय साझेदारीका विषयमा कुरा भएको बताउनुभएको छ । सोमबार स्वदेशफर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले नेपाल, भारत र चीनसँगको त्रिपक्षीय साझेदार हीतका विषयमा कुरा भएको बताउनुभयो ।
दाहालले चिनियाँ राष्ट्रपति सी. जिङपिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तीनवटै देशको साझेदारीका विषयमा सकरात्मक प्रतिक्रिया दिएको बताउनुभयो । भारतको गोवामा भएको ब्रिक्स सम्मेलनमा भाग लिएर सोमबार दिउँसो प्रधानमन्त्री स्वदेश फर्कनुभएको हो ।