केशव तिमिल्सिना प्रतिष्ठानको अध्यक्षमा चिन्तामणि तिमिल्सिना, नयाँ कार्य समिति चयन

कास्की–कार्तिक १ । तिमिल्सिना बशंजको केशव तिमिल्सना प्रतिष्ठानको अध्यक्षमा चिन्तामणि तिमिल्सिना सर्वसहमतिबाट अध्यक्ष पदमा चुनिनुभएको छ । आइतबार सराङ्कोटको तोरीपानीमा भएको संस्थाको नवौ साधरणसभा र तेस्रो अधिवेशनबाट चिन्तामणि तिमिल्सिना अध्यक्षमा चुनिनुभएको हो । buwa-finalkeshav

सर्वसहमतिबाटै  संस्थाको उपाध्यक्षमा दुर्गादत्त तिमिल्सिना, सचिवमा कृष्णप्रसाद तिमिल्सिना, सहसचिवमा बाबुराम तिमिल्सिना, कोषाध्यक्षमा सूर्यप्रसाद तिमिल्सिना सहित पाँच सदस्यको नयाँ कार्य समिति चहन भएको हो । सदस्यहरूमा चीजमाया तिमिल्सिना, भरत तिमिल्सिना, लक्ष्यमण तिमिल्सिना, दुर्गादत्त तिमिल्सिना र खेमराज तिमिल्सिना चुनिनुभएको छ । त्यसैगरी, संस्थाको सल्लाहकारमा सराङ्कोटका

बरिष्ठ समाजसेवी चुडामणि तिमिल्सिना, कृष्णप्रसाद तिमिल्सिना, पशुपति तिमिल्सिना, बलराम तिमिल्सिना र रामचन्द्र तिमिल्सिना चयन हुनुभएको छ ।

केशव तिमिल्सिना प्रतिष्ठानले आफ्नो बंशज मात्र नभई समग्र तिमिल्सिना बंशजकै इतिहास र विकासको खोज तथा अध्ययन गर्दै आएको छ । प्रतिष्ठानको यसअघिको नेतृत्व कास्कीकै गौरव र नेपालको शिक्षा क्षेत्रमा उल्लेखनीय सहयोग पुर्‍याएबापत राष्ट्रिय शिक्षा पुरस्कार समेत पाउन सफल केशव तिमिल्सिनाका बंशज रामप्रसाद तिमिल्सिनाले गर्नुभएको थियो । keshav-3k-2

तपाईको प्रतिक्रिया