सेनाले माग्यो दुई हजार भन्दा बढि कर्मचारी

काठमाडौं–कार्तिक १ । नेपाली सेनामा २१ सय भन्दा बढि व्यक्तिका लागि जागिरको अवसर खुलेको छ । जंगी अड्डा काठमाडौं सहित विभिन्न पृतना, बाहिनी, गण तथा गुल्ममा विभिन्न पदमा गरी २१ सय ३५ जनाको सेनाले एकैपटक २१ सयभन्दा बढीका लागि जागिर खुलाnepal-army1एको हो ।

नयाँ आवदेनमा सिपाही पदमा मात्रै १ हजार ९ सय ५० जनाको लागि आवदेन मागिएको छ । जसमा काठमाडौंको जंगी अड्डामा मात्रै ४ सय जना सिपाही माग गरिएको छ । सेनाले लेखा, जमदार, हुद्दा, अमलदार, सैन्य ड्राइभर, बन्दोबस्ती सिपाही, कुचिकार, धोबी, केशकर्तक, वेटर र लोहार पदमा आवेदन मागेको हो ।

तपाईको प्रतिक्रिया