थ्रेस होल्ड बारे ठूला र साना दलको दुई थरी राय

काठमाडौं–कार्तिक १ । निर्वाचनसम्बन्धी कानुनमा थ्रेसहोल्ड राख्ने विषयमा साना र ठूला दलबीच मत भिन्नता देखिएको छ । दुबै खाले दलका रायसहितको संशोधन प्रस्ताव संसद् सचिवालामा दर्ता भएको छ ।

ठूला दल नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका सांसदले तीन प्रतिशतसम्म ’थ्रेसहोल्ड राख्नुपर्ने संशोधन प्रस्ताव दर्ता गराएका छन् भने साना दलले विधेयकमै रहेको प्रस्ताव ठीक रहेको जिकिर दाबि गरेका छन् ।
निर्वाचन कानुनमा ’थ्रेसहोल्ड’ सीमा कम हँुदा दलहरु धेरै भएको, त्यसको असर सरकार निर्माणमा परेको भन्दै ठूला दलका सांसदले केही प्रतिशतसम्म थ्रेस होल्ड राख्नु पर्ने माग गरेका हुन् ।

Published On:  359पटक हेरिएको

तपाईको प्रतिक्रिया