पोखरामा मनाइयो नवौं विश्व हात धुने दिवस

कास्की–असोज २९ । पोखरामा नवौं विश्व हात धुने दिवस “हात धुने बानीको विकास गरौ” भन्ने मूल नारा सहित हात धुने अभ्यास प्रर्दशनी गरी मनाइएको छ । सामूदायिक ग्रामिण तथा महिला विकास सेवा (क्राउड्स नेपाल) ले आयोजना गरेको कार्यक्रममा पोखरा वृहत सरसफाई अभियानले सहकार्य गरेको थियो । त्यसैगरी कार्यक्रममा पोखरा उप–महाhat-dguneनगरपालिका कार्यालय र क्षेत्रीय सुपरिर्वेक्षण कार्यालयले पनि समन्वय  गरेको थिए ।

कार्यक्रममा हात धुने तरिका बारे मिस टुरिजम २०१६ की ओरूपा ठकुरीले जानकारी गराएका थिइन् भने क्राउड्स नेपालकी वास अफिसर अमिता अधिकारीले सही तरिकाले हात धुने अभ्यास प्रर्दशन गरेकी थिइन् । ६ चरणको हात धुने उपयुक्त अभ्यासपछि कार्यक्रममा सहभागी अभियान्ताहरूले पनि हात धोएका थिए ।
कार्यक्रममा गैर–सरकारी संस्था महासघं कास्कीका अध्यक्ष गोपाल खड्का, पोखरा उपत्यका वृहत सरसफाई अभियानका सयोंजक रामबहादूर पौड्यल, टोल विकास संस्था समन्वय समिति वडा नं २ का अध्यक्ष चन्द्रबहादुर गुरुङको सहभागीता थियो । त्यस्तै, जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत अनिल शाही, वडा नं २ का सचिव मञ्जु वहादुर बस्नेत, वडा नं ९ का वडा सचिव लोकदर्शन कोइराला लगायतका २ सय भन्दा बढि सरसफाई अभियान्ताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सामूदायिक ग्रामीण तथा महिला विकास सेवाका अध्यक्ष चिरञ्जिवी गौतमले कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्नु भएको थियो भने सोही संस्थाका कार्यक्रम ब्यवस्थापक बलराम तिमिल्सिनाले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया