इलाम–असोज २९ । इलामको महमाईमा हिजो डुबेको डुङ्गामा ८ जनाको मृत्यु भएको छ । मृत्यु भएका ४ जना मध्ये चार जनाको सनाखत भइसकेको छ । डुंगामा सवार ३४ जनाको जीवित उद्धार गरिएको थियो । इलामको दानाबारीबाट महमाई जाँदै गरेको डुंगा दुर्घटना हिजो अपराह्न २ बजे डुबेको थियो ।
जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक सुशील यादवका अनुसार सनाखत भएकामा २८ वर्षीय कृष्ण कुमार घतानी, महमई १ का ७५ वर्षीय जसवहादुर राई, ४५ वर्षीया डम्मरमाया राना मगर, ६ वर्षीय वालक पुष्प खड्का रहेका छन् ।
पुष्प खड्काकी जुम्ल्याहा बहिनी अञ्जली खड्का भने वेपत्ता छिन् । मृतक घतानीलाई दुर्घटनास्थलवाट २० किलोमिटर टाढा झापाको शिवगंजमा भेटिएको हो । अन्य एक पुरुष र एक महिलाको सनाखत हुन बांकी छ । घटनामा अझै १४ जना हराइरहेको हुनसक्ने अनुमान छ ।