काठमाडौं–असोज २९ । नेकपा एमालले काठमाडौंको शखपार्कमा शुभकामना आदान–प्रदान सहितको चियापान कार्यक्रम गरेको छ । एमालले विगत बर्षदेखि नै गर्दै आएको चियापानको निरन्तरता स्वरूव चियापानको कार्यक्रम गरेको हो । चियापान कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा एमालले कार्यकर्ताहरूको सहभागिता थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुवा बरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्राई लगायतका नेताहरू सहभागिता थियो । चियापान कार्यक्रम सहभागी हुन आएका अन्य दलका नेता तथा आफ्ना पार्टीका कार्यकर्ताहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेता माधव नेपाल, निवर्तमान अध्यक्ष झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम लगायतका नेताहरूले स्वागत गरेका थिए ।
चियापान कार्यक्रममा संयौको संख्यामा कार्यकर्ताहरूको उपस्थिति थियो । चियापान कार्यक्रममा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले अब राजनीतिक गतिविधि सकरात्मक दिशमा अघि बढ्ने बताउनुभयो । एमाले चियापान कार्यक्रम केही मधेवादी दलका नेताहरूको पनि सहभागिता थियो । त्यस्तै कार्यक्रममा सरकारी उच्च पदस्थ व्यक्ति र विदेशी कुटनीतिक नियोगका कर्मचारीको पनि सहभागिता थियो ।