काठमाडौं–असोज २९ । नेकपा एमालले काठमाडौंको शखपार्कमा शुभकामना आदान–प्रदान सहितको चियापान कार्यक्रम गरेको छ । एमालले विगत बर्षदेखि नै गर्दै आएको चियापानको निरन्तरता स्वरूव चियापानको कार्यक्रम गरेको हो । चियापान कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा एमालले कार्यकर्ताहरूको सहभागिता थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुवा बरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्राई लगायतका नेताहरू सहभागिता थियो । चियापान कार्यक्रम सहभागी हुन आएका अन्य दलका नेता तथा आफ्ना पार्टीका कार्यकर्ताहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेता माधव नेपाल, निवर्तमान अध्यक्ष झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौत
म लगायतका नेताहरूले स्वागत गरेका थिए ।
चियापान कार्यक्रममा संयौको संख्यामा कार्यकर्ताहरूको उपस्थिति थियो । चियापान कार्यक्रममा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले अब राजनीतिक गतिविधि सकरात्मक दिशमा अघि बढ्ने बताउनुभयो । एमाले चियापान कार्यक्रम केही मधेवादी दलका नेताहरूको पनि सहभागिता थियो । त्यस्तै कार्यक्रममा सरकारी उच्च पदस्थ व्यक्ति र विदेशी कुटनीतिक नियोगका कर्मचारीको पनि सहभागिता थियो ।





