भारत भ्रमणबारे प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी दिनुभयो

काठमाडौं–असोज २९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण बारे राष्ट्रपति विद्यादेवि भण्डारीलाई जानकारी गराउनुभएको छ । प्रधानमन्त्री दाहालले भारतको गोवामा आयोजना हुने ‘ब्रिक्स बिमस्टेक विस्तारित सम्मेलन’ मा सहभागी हुन जान लागेका बारेमा आज जानकारी गराएका गराउनुभएको हो ।

राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा प्रधानमन्त्री दाहालसँगै परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र कामु मुख्य सचिव टङ्कमणि शर्मा पनि  सहभागी भएको  राष्ट्रपति कार्यालय जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया