काठमाडौं–असोज २९ । नेकपा माओवादी केन्द्रले आफ्नो राष्ट्रिय भेला सारेको छ । यसअघि कार्तिक १० र ११ गते तय गरेको राष्ट्रिय भेला सारेर अगामी मंसिर २ गते गर्ने निर्णय गरेको । शुक्रबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको कार्यालयको बैठकले राष्ट्रिय भेला मंसीर २ गते सार्ने निर्णय गरेको हो ।
बैठकबारे जानकारी दिादै माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले मधेसी, थारु, जनजाति लगायतका शक्तिहरुसँग छलफल र बार्ता गर्नुपर्ने कामको चापलाई मध्यनजर गर्दै भेला सारीएको जानकारी दिनुभयो ।