दशैमा मुस्ताङाबाट २७ करोड भन्दा बढिका खसी निर्यात

काठमाडौं–असोज २९ । दशैको समयमा हिमाली जिल्ला मुस्ताङबाट २७ करोडको भन्दा बढिको भेडा, च्याङ्ग्रा निर्यात भएको छ । जिल्ला विकास समिति मुस्ताङले दशैं अवधिभर म्याग्दी र मुस्ताङको सिमाना घासाबाट सङ्कलन गरेको तथ्याङ्कअनुसार असोज ७ देखि २३ गतेसम्म २१ हजार ४५ वटा भेडा, च्याङ्ग्रा बाहिरिएका थिए । ती भेडा च्याङ्ग्रा बेनी हुँदै काठमाडौं, पोखरा, चितवन, बागलुङ, कुश्मा र पोखरासम्म पुगेका थिए ।

bheda_changraजोमसोम र कागबेनी क्षेत्रमा किसानबाट खरिद गरी ल्याएका स्थानीय व्यापारीबाट देशका विभिन्न भागबाट पुगेका व्यापारीले प्रतिवटाको हिसाबले किनेर बजारसम्म ल्याएका थिए । जिल्ला पशु सेवा कार्यालय मुस्ताङका अनुसार यसवर्ष १३ हजार भेडा र ८ हजार ४५ च्याङ्ग्रा जिल्लाबाट बाहिरिएका थिए । किसानले प्रति भेडा, च्याङ्ग्रालाई रु १३ हजारमा बिक्री गरे पनि यसवर्ष रु २७ करोड ३५ लाख भित्रिएको छ ।

तपाईको प्रतिक्रिया