थाई राजाको सम्झनामा एक बर्ष शोक मनाइने

एजेन्सी–असोज । थाई सरकारले स्वर्गीय राजा भूमिबोल अदुल्यदेजको अन्तिम संस्कारका लागि थप सुरक्षा बढाएको छ  । हिजो थाइल्याण्ड दरवारले वक्तव्य जारी गर्दै राजा अदुल्यदेजको देहान्त भएको घोषणा गरेको थियो ।  एकता तथा स्थायीत्वको प्रतीक मानिने राजाका लागि सुस्वास्थ्यको कामना गर्दै बसेका प्रजा तथा शुभचिन्तक शोकमा यतिबेला डुबेका छन् king-bhumibol

दरवारको वक्तव्यका अनुसार थाइल्याण्डको राष्ट्रिय झण्डा ३० दिनका लागि आधा झुकाइने छ । साथे सरकारी कर्मचारीहरुले शोकको प्रतीकका रुपमा कालो कपडा समवेदना स्वरुप वर्षभरी लगाउन आदेश दिइएको छ । दुखको घडीमा बाहिरीयाहरुले फाइदा उठाउ सक्ने भएकाले सतर्क रहन सिपाहीहरुलाई आदेश दिइएको छ । अदुल्यदेज ७० बर्ष थाइलाण्डमा राजा भएर रहेका थिए ।

Published On:  580पटक हेरिएको

तपाईको प्रतिक्रिया