असोज २६ । मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङको जयरामघाटस्थित दूधकोशी नदीको पक्की पुल निर्माण हुँदा त्यहाँको विकासमा असर परेको छ । विसं.२०६६ सालमा कालिका–हुलास जेभी कम्पनीले दुई वर्ष्भित्र सक्ने गरी सम्झौता गरे पनि सम्झौताको ८ वर्ष वित्तिसक्दा समेत काम पूरा हुन सकेको छैन ।
सहरसँग सिधा यातायात जोड्ने यो पुल नबन्दा जिल्लामा निर्माणाधीन सडक, भवन लगायतका भौतिक निर्माणमा ठाडो असर पुगेको हो ।