विश्वकप छनोटमा घरेलु मैदानमा अर्जेन्टिना पराजित

एजेन्सी– विश्व कप २०१८ को छनौट अन्तर्गत बुधवार बिहान घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिना पाराग्वेसंग १–० ले पराजित भएको छ । चोटका कारण मैदान बाहिर रहेका लियोनल मेस्सी बिना खेलेको अर्जेन्टिना पाराग्वेसँग १–० ले पराजित भएको हो । १८ औं मिनेटमा पाराग्वेका डार्लिस गोन्जालेजले गरेको गोल नै निर्णायक बनेको थियो ।

argentina त्यस्तै, अर्को खेलमा जर्मनीले लगातार तेस्रो जित दर्ता गरेको छ । नर्दन आयरल्याण्डलाई २–० ले हराएको हो । जर्मनीको जितमा जुलियन ड्रक्सलर र सामी खेडिएराले गोल गरेका थिए ।

तपाईको प्रतिक्रिया