यी हुन् दशैका खास आकर्षण

–रामप्रसाद धिताल । हट्यो सारा हिलोमैलो हरायो पानीको वर्षा…। कविशिरोमणि लेखनाथ पौड्यालका कवितांशजस्तै मौसम र वातावरण सफा भएको छ । आागन र बारीमा सयपत्रीका फूल झुलिरहेका छन् । सयपत्रीको बासनाले वातावरण नै मगमग पारिरहेको छ । रातो फूल फुलेको जयन्ती लहरा लहराइरहेका छन् । पहाडी भेगका कतिपय गाउामा बारीका कान्लामा अम्बा पाकेर पहोलपुर भइरहेका छन् । असारमा रोपेका धानका बाला हावासागै बयेली खेलिरहेका छन् । एक अर्थले प्रकृति आफै नैंं दशैं मनाइरहेको छ । हिन्दू नेपालीको महान् एवं विशेष पर्व दशैं । कुनै एक पक्षले मात्र दशैंलाई व्यक्त गर्न सकिंदैन । कसैले दशैलाई धार्मिक वा आध्यात्मिक दृष्टिकोणले मनाउलान् । सांस्कृतिक परम्पराको रूपमा दशैं मनाउने पनि धेरै छन् । यसैगरी सामाजिक दृष्टिले सद्भावको पर्व मानिादै आएको छ, दशैं ।

दशैंलाई चिनाउने धेरै तत्व छन्, दशैंका आकर्षण अनेकौं छन् । किसानहरू खेतीपातीको काम सकी ढुक्कसाग दशैं मनाउने सुरमा छन् । विभिन्न कामको सिलसिलामा विदेशिएका वा शहरिएकाहरू अरुबेलामा भन्दा दशैंमै घर आउन चाहन्छन् । सरकारी कार्यालय तथा निजी संघसंस्थाले पनि दशैंकै लागि भनेर पेश्की, बिदा लगायतका सुविधा दिने गरेको छ ।

यसैगरी विद्यालय कलेजहरू त घटस्थापनादेखि पूर्णिमासम्मै बन्द रहन्छन् । यसले पनि धक फुकाएर दशैं मनाउन प्रेरित गरिरहेको हुन्छ । घटस्थापनाका दिनदेखि रेडियो टेलिभिजनमा बज्ने मालश्रीको धुनले वातावरणलाई मनमोहक पारिरहेको हुन्छ । मालश्री गीत हाम्रो लोकसंस्कृतिको अभिन्न अंग पनि हो । सितार, तानपुरा र तबलालगायतका बाजाहरूको सम्मिश्रणबाट बज्ने धुनले हर्ष र उल्लासको सन्देश दिइरहेको हुन्छ । रेडियो टेलिभिजनमा मालश्री बज्न थालेपछि त झन् दशैंका लागि किनमेल, घरका काम आदिको चटारो हुन्छ ।
गाउघरतिर दशैं आउनु केही समयअघि नै पाखाबारीमा भएका बाबिया काटेर सुकाउने अनि डोरी बाट्ने चलन छ । सबैलाई पायक पर्ने गाउाको कुनै खाली ठाउामा पिङ हालेर तिहारसम्म राख्ने चलन छ । हिजोआज शहरका भित्री गाउाहरूमा समेत पैसा उठाई बाास, काठ र डोरीको जोहो गरी पिङ हाल्ने गरेको पाइन्छ ।

अरु दिन पिङ खेल्ने त छादैछ, विजयादशमीको दिन मान्यजनको हातको टिका लगाएर एकछिन मात्र भएपनि धर्ती छोड्नुपर्ने  लौकिक विश्वासका कारण बालकदेखि बृद्धसम्म पिङमा झुम्मिएका हुन्छन् । काठमाडौंलगायतका शहरी भेगमा दशैंताका चंगा उडाउने चलन छ । धागो विभिन्न प्रकारका मादा बनाइर बलियो पारी अरुको चंगासाग प्रतिस्पर्धा गराउने प्रतिस्पर्धा चल्ने गर्दछ । चंगा उडाउनेलाई अरुको चंगा चेट गर्न पाएकोमा हर्ष वा आफ्नो चंगा चेट भएकोमा विस्मात त हुन्छ नै अरुले पनि हेरेर मजा लिने गर्दछन् ।

खुल्ला भाग भएका ठाउामा त धानबाली मास्दै चेट भएको चंगा टिप्न कुद्ने केटाकेटीको प्रतिस्पर्धा चल्छ ।दशैको पहिलो दिन दशैंघरमा देवीघडा स्थापना गरी त्यहाा देवीको पूजा आराधना गरिन्छ । देवीको आराधना गर्ने प्रमुख ग्रन्थ दुर्गासप्तशती र देवीभागवत हुने गर्दछ । बिहान बेलुकी नै सुगन्धित वातावरणमा चण्डीका ‘या देवी सर्वभूतेषु…,’’ ‘जयन्ती मंगला काली….’ जस्ता मन्त्रहरू घरघरमा गुन्जिरहेका हुन्छन् । नवरात्रमा विभिन्न शक्तिपीठहरूमा दर्शन गर्न जाने पनि चलन रहेको छ । यसलाई कतिपयले नौरथा जाने पनि भन्दछन् । देशमा सशस्त्र द्वन्द्व सुरु हुनुअघिसम्म नौरथा जानभनेर २, ३ बजेतिर उठेर समूह समूहमा मानिसहरूको लर्को लाग्थ्यो । बिहान उज्यालो हुने समयसम्म शक्तिपीठहरूमा दर्शन गरिसहेका हुन्थे । हिजोआज त्यस्तो नभएपनि बिहान सबेरै उठी नुहाइ धुवाइ गरेर विभिन्न शक्तिपीठहरूमा जाने गर्दछन् । नवदुर्गाका प्रतीकस्वरूप दिनहुा एकएक शक्तिपीठको दर्शन गर्ने चलन छ ।

काठमाडौंमा गुहेश्वरी, नक्सालभगवती, शोभाभगवती, संकटा, मैतीदेवी र भद्रकालीजस्ता शक्तिपीठ दर्शनार्थीका गन्तव्यस्थल बन्छन् । काभ्रेमा पलाञ्चोक भगवती, गोरखामा मनकामना, बााकेमा बागेश्वरी धरानमा दन्तकालीमा पनि दर्शनार्थीको घुइाचो हुन्छ । यसबाहेक स्थानीयस्तरमा रहेका अनेकौ शक्तिपीठमा पूजा आराधना चल्ने गर्दछ । दशैंलाई राम्रो लाउने र मीठो खाने पर्वको रूपमा बुझिादै आएको छ । हुनत हिजोआज राम्रो लाउन र मीठो खान दशैं नै आउनुपर्दैन । तर दशैंमा एकजोर भएपनि लुगा हाल्ने रहर निम्नदेखि उच्च वर्गका सम्मलाई हुन्छ ।

अझ साना केटाकेटी र किशोर किशोरीबीच त दशैंमा नयाा लुगा लगाउने प्रतिस्पर्धा नै चल्छ । शहरमा मासु खान शनिवार कुरिरहनुपर्दैन  । पैसा लिएर बजार पुग्ने हो भने आफूले चाहेको मासु खान पाइन्छ । तर दशैंको मासुको स्वादै बेग्लै । सक्नेले खसीबोका ल्याएर घरैमा काट्लान् । नसक्नेले केही किलो वा धार्नी मासु ल्याएर दशैं मनाउाछन् । मांसाहारी परिवारका लागि मासुबिनाको दशैं दशैं नै मानिादैन । आफूले खान होस् या दशैंमा आउने पाहुनाका लागि मासु अनिवार्य हुन्छ । धेरै मासु हुने हुनाले यसबेला अनेक परिकार बन्ने गर्दछ । दिनहुा तताएर कबाब बनेको मासु र च्युरा स्वादका पारखीहरूका लागि विशेष महत्वको हुन्छ ।

दशैंको मुख्य आकर्षण रातो टीका र पहोला जमरा हुन् । घटस्थापनाका दिन दशैंघरमा छरिएका जौ नौ दिनसम्म देवीको पूजाआराधना गरी दशमीका दिन काटिन्छ । नौदिनसम्म गुम्सिएर जमरा पहोलो भएको हुन्छ । अलिकति हावा वा प्रकाश छिऱ्यो भने जमरा हरियो भइहाल्छ । त्यसैले जमरा टुसाएदेखि नै कपडा वा गाउाघरतिर डालो छोपेर राख्ने चलन छ । यसैगरी देवीलाई चढाइएका अक्षताहरू जम्मा पारी अविरले रातो पारी टिका बनाइन्छ । यसरी रातो टिका निधारमा र पहोला जमरा केशमा सिउरिन पाउादा सबै प्रफुल्लित हुने गर्दछन् । दशैंको अर्को आकर्षण मान्यजनको आशीर्वाद पनि हो । सााचो मनले दिएको र बृद्धबृद्धाले दिएको आशीर्वाद लाग्छ भन्ने हाम्रो विश्वास छ ।

त्यसैले दशैंमा टीका लगाउन पुगेका घरहरूमा मान्यजनले दिएका आशीर्वाद पनि विभिन्न हुने गर्दछन् । मान्यजनहरूले संस्कृत भाषामा भएको आयुद्रोणसुते….(अश्वत्थामाको जस्तो आयु होस्) का साथै उमेर र पेशाअनुसारको आशीर्वाद दिने गर्दछन् । टिका जमरा र आशीर्वादसागै मावली बुढो मावली र ससुरालीका मान्यजनबाट प्राप्त भएको दक्षिणाको महत्व पनि ठूलै हुन्छ । दशैंमा हात पर्ने नयाा कटकटिएका नोट जम्मा पारेर कसैकसैको त सानोतिनो गर्जो नै टर्छ । तर दक्षिणा दिनेलाई चाहिा नौरथा सुरु हुनुअघि नै पैसाको जोहो गर्ने र नयाा नोट साट्ने चिन्ता हुन्छ । दशैंमा जुवातास खेलेर सम्पत्ति सक्ने र जााडरक्सी खाएर झगडा गर्नेजस्ता दुर्गुणहरू पनि हाम्रै समाजमा पाइन्छन् ।

यस्ता क्रियाकलापले केही क्षण त मनोरञ्जन होला । समग्रमा परिवार र समाजलाई यसले हानि नै गर्दछ । चाडपर्व मनाउने सन्दर्भमा अर्काको देखासिखी गर्ने र  आफ्नो क्षमताभन्दा बढी गर्न खोज्दा त्यसले पनि पछि नराम्रो असर गर्दछ । यस्ता दुर्गुणहरूलाई त्याग्न सकेमात्र दशैंजस्ता चाडपर्वहरू सबैका लागि हर्ष र उल्लासपूर्ण बन्न सक्दछन् ।

के हो दुर्गा सप्तशती ?
बडादशै अन्तर्गत नवरात्रमा मातृशक्ति भगवती जगदम्बाको आराधना गरिने भएकोले यस अवधिभर दुर्गा सप्तशती चण्डी पाठ गर्ने परम्परा छ । मार्कण्डेय पुराण अन्तर्गतको देवीमाहात्म्यलाई चण्डी भनिन्छ । चण्डीमा सातसय श्लोक भएकोले नै सप्तशती भनिएको हो । दुर्गासप्तशती मार्कण्डेय ऋषिले भगवती दुर्गाको महिमावारे बताएका श्लोकहरूको संग्रह हो, यो तेह्र अध्यायमा विभाजित छ ।

स्वारोचिष मनुका प्रजापालक छोरा सुरथ नामका राजा आफ्ना शत्रुहरूबाट पीडित भई मेधा ऋषिको आश्रममा पुग्छन् । यसैगरी आफू धनाढ्य भएर पनि परिवारबाट अपहेलित भएर आएको समाधि नामको वैश्य त्यहाा आइपुग्छ । दुवैजनाले आफ्ना दु:ख निवारण र परिवारको मोह त्याग्नको लागि गर्नुपर्ने कार्यहरूको प्रश्न राख्छन् । मेधाऋषिले पनि विष्णु भगवानकी शक्ति महामाया भगवती जसले सम्पूर्ण चराचर जगतलाई उत्पन्न गरी मुक्ति पनि दिन्छिन्, उनैको शरणमा जाने सल्लाह दिन्छन् ।

महामाया भनेकी को हुन्, यिनले कसरी मानिसलाई मुक्ति दिन्छिन भन्ने राजा सुरथले प्रश्नपछि मेधाऋषिले भगवती दुर्गाले दुष्ट दानवहरूको विनाश गरी देवताहरूलाई सुखशान्ति दिलाएको प्रसंगहरू बताउाछन् । यी कथाहरू सुनाई मेधा ऋषिले सुरथ राजा र वैश्यलाई देवीको उपासना गर्न प्रेरित गर्छन् ।  राजा सुरथ र दुवैले भक्तिपूर्वक देवीको आराधना गर्छन् ।

यसबाट प्रसन्न भई भगवती दुर्गाले गुमेको राज्य चााडै पाउने शत्रु सबै नाश भई अर्को जन्ममा सावर्णि नामको मनु हुने वरदान दिन्छिन् । देवीले वैश्यलाई पनि सोही अनुरुपको संसिद्धि अर्थात् मुक्तिको लागि ज्ञान प्राप्त होला भन्ने वरदान दिई अन्तर्धान भएको उल्लेख छ ।

२०७१ बाट पुन: प्रकाशित

dhitalramprasad@gmail.com

Published On:  935पटक हेरिएको

तपाईको प्रतिक्रिया