शुभ साइतमै सर्वसाधारणले टिका लगाएर दशै मनाए

काठमाडौं–असोज २५ ।  टिकाको शुभ साइत ८:४५ मै सर्वसाधारणले टिका लगाएर दशै मनाएका छन् । गत शालको दशै विनाशकारी भूकम्पको कारण केही खल्लो भएपनि यस बर्ष भने सर्वसाधारणले हर्षो उल्लासका साथ दशै मनाइरहेका छन् ।

sarbasadaranटिका साइत शुरू भएदेखि नै सर्वसाधारणले आफू भन्दा मान्यजन बाट टिका र आर्शिवाद ग्रहण  गरी आफ्ना आफन्तको टिका र आर्शिवाद ग्रहण लागि जानेक्रम जारी छ ।

काठमाडौं उपत्यकाबाट लाखौंको संख्यामा दशै मनाउन घर गएका सर्वसाधारणले पनि हर्षो उल्लासका साथ दशै मनाइरहेका छन् । दशैको विजयादशमी देखि टिका तथा आर्शिवाद ग्रहण गर्ने प्रचलन टिकाको पाँच दिन पछि पूर्णिामाको दिनसम्म रहन्छ ।

Published On:  418पटक हेरिएको

तपाईको प्रतिक्रिया