प्रधानमन्त्रीले शुभकमा दिए तर दशै मनाएनन्

prachandaa-1-640x360काठमाडौं–असोज २५ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालीहरुको महान पर्व बडादशैंका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई सुख, शान्ति, समृद्धि,सुस्वास्थ्य एवम् दीर्घायुको शुभकामना दिनुभएको छ ।

प्रधानमन्त्री दाहालले आज दिएको सन्देशमा नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवम् बहुधार्मिक विविधताले भरिपूर्ण एक सुन्दर र बहुविविधतापूर्ण राष्ट्र उल्लेख गरिएको छ । प्रधानमन्त्रीले दाहालले दशैं लगायतका हाम्रा सांस्कृतिक पर्वहरुले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान रहेको बताउनुभएको छ ।

दशैमा शुभकामना दिएपनि प्रधानमन्त्रीले दशैमा टिका भने लगाउनुभएन । शसस्त्र विद्रोहमा लागेदेखि प्रधानमन्त्री टिका लगाउनुभएको छैन । अन्य नेता तथा कार्यकर्ता दशै टिका लगाएर मनाए पनि माओवादीका शीर्ष नेताले भने दशै मनाएनन् ।

Published On:  328पटक हेरिएको

तपाईको प्रतिक्रिया