एजेन्सी –हाइटीमा म्याथ्यु नामक आँधीका कारण मृत्यु संख्या ३ सय भन्दा बढि नाघेको छ । आँधिकै कारण कतिपय सहरमा ८० प्रतिशत घर नष्ट भएका छन् । सुड प्रान्तमा ३० हजारजति घर ध्वस्त भएका छन् ।
यो आँधीलाई क्याटेगोरी फोर आँधी अर्थात् आँधीको वर्गीकरणमा दोस्रो शक्तिशालीका रूपमा लिइएको छ । हाइटीमा अधिकांश क्षति सहर र माछा मार्ने व्यवसायमा संलग्न तटीय गाउँहरूमा विविसिमा उल्लेख छ । आँधिका कारण नदीहरूमा बाढी आएको छ भने पुलहरू बगेका छन् ।