स्वास्थ्यका दृष्टिकोणले निकै उपयोगी छ जमरा

jamaraकाठमाडौं–असोज २४ । दशैमा लगाइने जमरा लगाउन मात्र नभई स्वास्थ्यका दृष्टिकोणले पनि उत्तिकै फाइदाजनक छ । जमराको विभिन्न परिकार बनाएर खादा यसले मानिसको सौन्दर्य कायम राख्नुका साथै रोग प्रतिरोधात्मक क्षमता पनि बढाउने विभिन्न अनुसन्धानहरूले पृष्ठि गर्न गरेका छन् ।

जमराको प्रयोगबाट शारिरिक तन्दुरूस्ती कायम भई मानिस निरोगी हुने अनुसन्धानबाट पृष्टि भएको हो । मकै, गहुँ, धान, जौलगायतका अन्न मिसाएको दशैको घटस्थापनाको दिन घरघरमा जमरा राख्ने गरिन्छ । स्वास्थ्यका दृष्टिले जौ र गहुँका जमरा सबैभन्दा फलदायी भएको पुष्टि भइसकेको छ ।

प्रकाश नपर्ने गरि उमारिएको हुनाले जमरा पहेंलो हुन्छ । जौका जमरा सर्वोत्तम हुन्छ । जमरामा सूर्यको प्रकाश नपर्ने हुदा क्लोरोफिल तत्व नहुने भएकाले यो स्वास्थ्यको लागि फलदायि भएको चिकित्सक बताउँछन् । जमराको  अचार, सलाद, तरकारी, सर्वत जस्ता विभिन्न परिकार बनाएर खान सकिन्छ ।

तपाईको प्रतिक्रिया