दशैमा सुनसान काठमाडौं

काठमाडौं–असोज २४ । नेपाली प्रमुख चाड दशै मनाउन लाखौंको संख्यामा सर्वसाधारण बाहिरिएपछि यतिबेला काठमाडौ सुनसान जस्तै देखिन्छ । आइतबार हामी समाचार संकलनका लागि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पुग्दा ति ठाउँहरू सुनसान जस्तै देखिन्sunsan-ktmथे ।

आइतबार अष्ठमीको दिन समेत मानिसहरू दशै मनाउन आफ्नो घर गइरहेका दखिन्थे । दशै मनाउन जाने अधिकांश मानिसहरूले यसअघि नै राजधानी छाडिसकेकाले घर जानेहरूको संख्या कम देखिएको थियो भने गाडीहरूमा समेत त्यस्तो भीडभाड देखिएन । छाटो दूरीमा जाने यात्रुलाई कुनै समस्या नभएपनि लामो दूरीमा जान यात्रुले भने केही समस्या भोग्नु परेको छ । तर समग्रमा विगत बर्षहरू भन्दा यसबर्ष घर जाने यात्रु र गाडी व्यवस्थापन केही सहज देखिएको कायक्षेत्रमा खटिएका ट्राफिक प्रहरीको भनाइ छ ।

काठमाडौं उपत्यकाबाट लाखौको संख्यामा मानिसहरू बाहिरिएपछि काठमाडौंका व्यपारिक ठाउँहरू र पसलहरू पनि बन्द देखिन्थे । त्यस्तै, गत शुक्रबारदेखि नै अधिकांश सरकारी कार्यालयहरू पनि बन्द भइसकेका छन् । दशैको शुरू भएदेखि अष्टमी दिनसम्म हरेक दिन विभिन्न नाका हुँदै ३ देखी ४ हजारसम्म ठूला तथा साना गाडी बाहिरिने गरेको ट्राफिक प्रहरीको भनाइ छ । दशैको समयमा करिब २० लाख मानिसले काठमाडौं उपत्यका छाड्ने गरेको सरकारी तथ्याङ्क छ ।

तपाईको प्रतिक्रिया