भाषा परिक्षा पास गरेका १९ हजार भन्दा बढि युवा युवति कोरिया जानबाट बञ्चित

काठमाडौं – असोज २२ । कोरिया कामको लागि भाषा परिक्षा उत्तिर्ण गरेको १९ हजार भन्दा बढि युवायुवति कोरिया जानबाट बञ्चित भएको छन् ।

कोरियन भाषा परीक्षा उत्तीर्ण गरेकै भरमा मात्र कोरिया जान नपाइने भएकाले १९ हजार भन्दा बढि युवायुवति भाषा परिक्षा उत्तिर्ण गरेर पनि  कोरिया जानबाट रोकिएका हुन् । भाषा परीक्षा उत्तीर्ण गरेपछि पनि कोरिया जानका लागि थुप्रै प्रक्रिया बाँकी हुन्छkoriyaन् ।

तिनै प्रक्रिया पूरा गर्न नसक्दा भाषा परीक्षा उत्तीर्ण गरेका यतिको संख्यामा युवा युवति जानबाट वञ्चित भएका हुन् । भाषा परिक्षा उत्र्तिण गरेर पनि रोजगारदाताको छनोटमा नपर्दा उनीहरूको कोरिया जाने कतिपयको सपना चकनाचुर भइरहेको छ । कोरियाका लागि रकम र समय खर्चेर राजधानी लगायतका देशका मुख्य शहरमा कोरियन भाषा सिकेका युवायुवती कोरिया जान नपाएपछि यतिखेर निराश बनेका छन् ।

इपिएस कोरिया शाखाकाअनुसार सन् २००८ देखि हालसम्म ५० हजार ३ सय ६५ युवायुवतीले कोरियनभाषा परीक्षा उत्तीर्ण गरेपनि ४० हजार नौ सय ४५ मात्र उड्न सकेका छन् ।

तपाईको प्रतिक्रिया