मानबहादुरको परिवारलाई नेपाल तमाङ घेदुङले सहयोग

काठमाडौं–असोज २१ । नेपाल तामाङ घेदुङ इजरायलले कतारमा मृत्यु भएका मानबहादुर तामाङको परिवारलाई आर्थिक सहयोग गरेको छ । काडमाडौंमा विहीबार भएको कार्यक्रममा नेपाल तामाङ घेदुङ इजरायलकी द्धितीय उपाध्यक्ष अनिता तामाङले मृतक मानबहादुरको परिवारलाई एक लाख आठ सय ८help० रुपैंया नगद सहयोग गर्नुभएको हो ।

मृतक तामाङको परिवारलाई घेदुङका वरिष्ठ उपाध्यक्ष बेली लामा र महासचिव बाबु सिसिङमार्फत सहयोग गरिएको हो । नुवाकोट काउले एक घर भएका मानबहादुर तामाङको वैदेशीक रोजगारीको सिलसिलामा कतारमा मृत्यु भएको थियो । तामाङको मृत्यु भएपछि  श्रीमती र ४ छोराछोरीको सहयोगको लागि इजरायलमा रहेका नेपालीहरुले संकलन गरिएको रकम हस्तान्तरण गरिएको हो ।

तपाईको प्रतिक्रिया