विद्युत उत्पादन कम्पनी खोल्ने सरकारी निर्णय

काठमाडौं–असोज २१ । मन्त्रिपरिषद्ले विद्युत उत्पादन कम्पनी खोल्ने निर्णय गरेको छ । विद्युत उत्पादन गर्न छुट्टै कम्पनी खोल्ने सरकारको वर्षौंदेखिको योजना विहीबारको मन्त्रिपरिषद्को बैठकले  टुंगो लगाएको हो । कम्पनीको सम्पूर्ण प्रक्रिया पूरा गरेर ऊर्जा मन्त्रालयले मन्त्रिपरिषद्लाई पठाएको प्रस्ताव अनुमोदन भएको हो ।

विद्युत क्षेत्रको पुनर्संरचना गर्न मन्त्रिपरिषदले २०७२ असोज २२ माकम्पनी खोल्ने सैद्धान्तिक सहमति दिएको थियो । योजना अनुसार कम्पनीको अधिकृत पुँजी २० अर्ब, जारी पुँजी १० अर्ब र चुक्तापुँजी २ अर्ब रहने गरी कम्पनीको संरचना तयार पारिएको छ ।

तपाईको प्रतिक्रिया