पछिल्लो समय फोहोर बन्दै फेवा ताल

कास्की–असोज १९ । पोखरा घुम्न जाने पर्यटकको मुख्य गन्तब्य फेवाताल हो । तर फेवातालको संरक्षणमा कुनै पनि प्रगति भएको छैन । संरक्षणका नाममा थुप्रै संघ, संस्था जन्मेका पनि छन, तर काम हुन नसक्दा फेवा फोहोर बन्ने क्रम बढ्दै गएको छ । तालमा अहिले जलकुम्भी झारको राजाँई चलेको छ । जलकुम्भीको प्रकोपले फेवातालको सुन्दरता विग्रंदै गएको छ ।

झारले डुङ्गा आवतजावतमा पनि समस्या आउने गरेको छ । तालमा उम्रेका झार त प्राकृतिक रुपमा फैलिएको नकारात्मक प्रकोप हो । तर मान्छेले नै जानी जानी फोहोर फाल्ने क्रम बढेपछि फेवा ताल,fewa-tal ताल भन्दा पनि डम्पिङ साईट बन्ने हो कि भन्ने चिन्ता सिर्जना भएको छ ।  पर्यटकहरु तालको सुन्दरता र त्यहाँवाट देखिने सुन्दर दृष्यावलोकनवाट रमाउन आउँछन । तर तालको संरक्षण र सुरक्षमा चासो बढ्न सकेको छैन । बढेको छ भने केवल फोहोर मैला मात्र । पर्याप्त सुरक्षा प्रबन्ध बिना डुंगा सयर गर्नेहरुको संख्या पनि यतिखेर बढ्दो छ ।

फोहोरबाट उत्पन्न प्रद्षण, जलकुम्भीको प्रकोप र मानवीय असावधानीका कारण अहिले फेवा मृत्यु ताल वन्ने तर्फ उन्मु भैरहेको छ । फेवा ताल घुम्न आउने पर्यटकवाट मासिक १ लाख रुपयाँ भन्दा वढी कर उठ्छ । तर पनि फेवाको अवस्था राम्रो छैन । यहाँ उठेको रकमको सदुपयोग कसरी भएको छ त ? भन्ने प्रश्न पनि यतिवेला उब्जीएको छ ।

तपाईको प्रतिक्रिया