बैंकहरूमा लकरको चरम अभाव

काठमाडौं–असोज १९ । पछिल्लो समय बैंकहरुमा लकरको अभाव भएको छ । घर तथा डेरामा बहुमूल्य वस्तु राखी दसैंमा टिका लगाउन उपत्यकाबाहिर जादा सुरक्षित नहुने देखेर बैंक लकरको सहारा लिन खोज्दा बैंकहरूमा लकर अभाव देखिएको हो । दसैं–तिहार जस्ता चाडपर्वमा चोरी, डकैतीका घटनासँगैlocker लकर लिनेको संख्या पनि बढेको हो ।

पछिल्लो समय विदेश जाने मानिसले समेत सामान राख्न लकर लिन थालेपछि अझै अभाव भएको बैंकहरूको भनाइ छ ।  ठूला चाडपर्वमा चोरी हुने सम्भावना बढी हुने भएकाले बहुमूल्य वस्तु घरमा नराखी बैंकमा राख्न थालेपछि लकरको चरम अभाव भएको हो ।

तपाईको प्रतिक्रिया