रानी पोखरी पुनर्निर्माणमा ढिलाई हुने संकेत

काठमाडौं –Rani pokhariअसोज १७ ।  गतवर्ष गएको विनाशकारी भूकम्पमा परेर भत्कीएको रानीपोखरीको कसरी पुनर्निर्माण गर्ने भन्नेमा काठमाण्डौ महानगरपालिका र पुरातत्व विभागबिच विवाद हुदा रानी पोखरी पुननिर्माणमा ढिलाई हुने भएको छ ।

पुरातत्व विभागले कंक्रिट प्रोग गर्दा २३ लाखमा निर्माण हुने मन्दिरको आधारभुत संरचनालाई लागत स्टमेट बढाएर १ करोड ६१ लाख बजेट लाग्ने योजनासहितको नक्सा र डिजाइन महानगरपालिकालाइ पठाएको छ ।

कंक्रिट र पुरातात्विक महत्व राख्ने झ्याल ढोका प्रयोग गरेर पुरानै स्वरुपमा रानीपोखरीको निर्माण गर्ने लक्ष्य महानगरपालिकाले लिएपनि त्यसमा विभागले असहमति जनाएको छ । रानीपोखरी ऐतिहासिक महत्व बोकेको संरचना भएकाले यसलाई पुरानै शैली तथा पुरानै सामाग्री र पुरातत्वकै मापदण्ड अनुसार बनाइनु पर्ने पुरातत्व विभागको भनाई छ ।

काठमाडौं महानगरपालिकाले पुरातत्वको मापदण्ड र नियम अनुसार नै रानीपोखरीको मन्दिर निर्माण नभएको पुरातत्व विभागको दावी छ ।  डिजाइन अनुसार निर्माण गर्न महानगरपालिकाले अस्विकार गरे पुरातत्व विभाग आफैले मन्दिर निर्माण गर्ने जनाएको छ ।

रानीपोखरी कस्तो बनाउने भन्ने विवादका कारण पुनर्निर्माणमा ढिलाई हुँदा आगामी तिहारको भाईटिकामा रानी पोखरी सर्वसाधाराणको लागि प्रयोग गर्नसक्ने सम्भावना टर्नुका साथै पुननिर्माणमा दुई सरकारी निकायको हानाथापले अन्योल सिर्जना गरेको छ ।

तपाईको प्रतिक्रिया