विस्तारै पर्दामा देखिदै माग्ने बुढा

magne-buda1काठमाडौं– असोज । हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा) विगत ४ महिनादेखि बिरामी छन् । पेटको समस्याका कारण लामो समय थला परेका उनी आफौले गाएको गीतको म्युजिक भिडियोमार्फत फेरी अभिनय कर्ममा देखा परेका छन् । उनले केही वर्ष अगाडि रेकर्ड गरिएको ‘मन्त्रीको सालो’ बोलको व्यंग्यात्मक गीतमा उनी आफैले समेत अभिनय गरेका हुन् ।

स्वास्थ्य स्थितिमा केही सुधार भएपछि उनले सो भिडियोका लागि समेत केही दृश्यहरु दिएका छन् । पूर्ण रुपमा सञ्चो नभएकाले माग्ने बुढा आफै मन्त्रीको सालोका रुपमा प्रस्तुत हुन भने अझै सकेका छैनन् । मन्त्रीलाई घोचपेच गरिएको यस गीतका शब्द सिर्जना माग्ने बुढा आफैले गरेका हुन् भने गीतमा हरि लम्सालको संगीत छ ।

तपाईको प्रतिक्रिया