कांग्रेसमा पदाधिकारी अझै अपूर्ण

काठमाडौं–असोज । महाधिवेशन भएको ६ महिना वित्न लाग्दा समेत कांग्रेस पदाधीकारी मनोनयन नहुँदा पार्टीको आन्तरिक जिवनमा समेत समस्या आएको छ । महाधिवेशन भएको २ महिनाभित्र पदाधीकारी मनोनयन गर्नुपर्ने व्यवस्था भएपनि मनोनयनको काम नहुँदा समस्या आएको केन्द्रीय सदस्यहरुले बताएका छन् ।

महाधिवेशन भएको २ महिना भित्र उपसभापति, महामन्त्री, सहमहामन्त्री र ४० वटाभन्दा बढि विभागमा मनोनयन गर्नुपर्ने विधानमा व्यवस्था भएपनि अहिलेसम्म हुन सकेको छैन ।congress

जसका कारण पार्टीको आन्तरिक जीवनमै समस्या आउन थालेको नेताहरुको भनाई छ । खासगरी लामो समयदेखि हुन नसकेको पार्टीको भातृ संगठनको चुनाव गराउनुपर्ने र पदाधीकारीका लागि आकांक्षीहरुको संख्या बढेका कारण समस्या आएको नेताहरुको भनाई छ । सभापतिले बिभिन्न पदमा मनोनयन गर्नुपर्ने तर हुन नसकेपनि अब छिटै पुर्णता पाउने कांग्रेस नेताहरुको भनाइ छ ।

 कांग्रेसमा सभापति शेरबहादुर देउवाले नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलासँगै महाधिवेशनमा उपसभापति दिने बचन पाएका खुमबहादुर खड्कालाई मिलाउन अप्ठ्यारो भएको नेताहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया