कास्की–असोज १५ । सामुदायिक ग्रामिण तथा महिला विकाश सेवाको सोलीडारिटी फर पोखरा अभियान अन्तर्गत मिती २०७३ आश्विन १५ गते पोखरामा विगत १८ हप्ता देखि चलेको फिर्के बुलौदी सरसफाइ अभियानमा बिभिन्न नागरीक अगुवा संघ संस्थासगको सहकार्यमा फेवातालसग जोडीएको फिर्के खोलाको सफाइ कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बाग्मती सरसफाइ अभियानका मुख्य अगुवा तथा नेपाल सरकारका पूर्व मुख्य सचिव लिलामणी पौडेल, कास्की जिल्ला स्थानीय विकाश अधिकारी दामोदर भण्डारी, प्रमुख जिल्ला इन्जिनियर नारायण श्रेष्ठ उपस्थित थिए ।
त्यसैगरी नगरपालीका प्रमुख भीम बहादुर कुबर, पोखरा क्रियाशिल नागरीक समाजका अगुवा राम बहादुर पौडेल, क्राउडस नेपालका अध्यक्ष चिरञ्जिवी गौतम लगायत जिल्लामा सक्रिय रुपमा क्रियासिल विभिन्न संघ संस्थाहरुको सक्रिय सहभागिता रहेको थियो ।
पोखराको प्राकृतिक सुन्दरता प्रर्यटकीय विकासको सम्भावना लाई जोगाइ राख्न, सोलीडारिटी फर पोखरा अभियानलाई अझै शसक्त र जनसहभागिता बृद्धी गर्दै सुन्दर पोखरा निर्माणको अभियानको निरन्तरता दिने क्राउडस नेपालका अध्यक्ष्य चिरञ्जिवि गौतमले बताउनुभयो ।