प्युठान–असोज १५ । प्रधानमन्त्री पुष्पकमल दाहालले सहमतिको आधारमा संविधान शंसोधन हुने बताउनुभएको छ । प्युठान भ्रमणका क्रममा प्रधानमन्त्री दाहाले अहिले मुलुक सकरात्मक गतिबाट आघि बढेको बताउँदै सहमतिकै आधारमा संविधान संशोधन हुने बताउनुभयो ।
दाहालले संविधान कार्यान्वयनको लागि ७ वटै प्रदेशमा उच्च अदालत कायम गरिएको र तोकिएकै समयमा स्थानीय निकायको चुनाव गर्ने दाबि समेत गर्नुभयो । प्रधानमन्त्रिले दाहालले कसैलाई पनि नछुटाई संविधान संशोधन र कार्यान्वयनमा जोड दिइ रहेको बताउनुभयो ।