एक बर्षपछि निगमले पोखरामा उडान थाल्यो

कास्की–असोज १५ । नेपाल वायुसेवा निगमले झन्डै एक वर्षपछि पर्यटकीय गन्तव्य पोखरासम्म हवाई उडान सुरु गरेको छ । निगमले बुधबारदेखि पोखरा–काठमाडौं–पोखरा उडान सुरु गरेको हो । निगमको १७ सिटे वाई १२–ई जहाजले दिनको एक पटक पोखरा–काठमाडौं रुटमा उडान गर्ने नेपाल बायु सेवा निगमले बताएको छ । त्यसबाहेक काठमाडौं–सिमरा र काठमाडौं–भैरहवा रुटमा पनि उडान गर्ने निगमको योजना रहेको छ  ।

तपाईको प्रतिक्रिया