औषधि विभागकै लकरमा हिरोइन फेला

काठमडौं–असोज १३ । लागुऔषध नियन्त्रण ब्युरो (एनसीबी) टोल्लिे औषधि ब्यवस्था विभाग परिसरमा रहेको गोप्य लकरमा लागुऔषध खैरो हेरोइन र तराजु बरामद गरेको छ । ब्यूरोले विभाग र सेवाग्राहीको रोहवरमा मात्र प्रयोग हुने लकरमा खैरो हेरोइन सहित कारोबारीलाई पक्राउ गरेको हो ।

ब्युरोका अनुसार विभागले औषधि उत्पादकहरुलाई उपलब्ध गराउँदै आएको लकरमै हेरोइन फेला परेको पहिलो पटक हो । औषधि उत्पादक पानस फर्मास्यूटिकल्स प्रालि नेपालगञ्ज बाँकेका लाइजन अफिसर सुनिल गुप्ताको सूचनाका आधारमा ब्युरोले विभागमा छापा मारेको हो ।

तपाईको प्रतिक्रिया