काठमाडौं–असोज १३ । भारतले नेपाललाई १५ बर्षसम्म निरन्तर पट्रोलियम पदार्थ ल्याउनुपर्ने शर्त अघि सारेको छ । रक्सौल—अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण चरणमा प्रवेश गर्ने तयारी भइरहँदा भारतले यस्तो प्रस्ताव राखेको हो । भारतीय नाकाबन्दीका बेला नेपालले पेट्रोलियम बजारको विकल्प खोज्ने निर्णय गर्दै चीनबाट पनि पट्रोल आयात गर्ने प्रक्रिया अगाडि बढाएको थियो ।
नेपाल आयल निगमका अधिकारीसँग गत सोमबार भारतमा सम्पन्न बैठकमा इन्डियन आयल कर्पोरेसन (आइओसी) का अधिकारीले पाइपलाइन परियोजना अघि बढाउन आगामी १५ वर्षसम्म नेपाली बजारको सुनिश्चितता हुनुपर्ने माग राखेका हुन् । खोजेका हुन् । आइओसीको प्रस्तावलाई नेपाली पक्षले भने अस्वीकार गरेका छन् ।