मोरङ पूर्वाञ्चलमा सबैभन्दा बढि दूध उत्पादन हुने जिल्ला

असोज १३ । पूर्वाञ्चलका १६ जिल्ला मध्ये मोरङमा सबै भन्दा बढी दुध बढि उत्पादन जिल्लामा परेको छ । आर्थिक वर्ष ०७२/७३मा मोरङमा १ लाख ४७ हजार ३ सय १ मेट्रिकटन दुध उत्पादन भएMilk1को क्षेत्रीय पशु सेवा  निर्देशनालय विराटनगरले तथ्याङक छ । मोरङमा व्यवसायिक पशुपालन गर्ने किसानको संख्या बढेसँगै यहाँ दुध उत्पादन पनि बढेको हो ।

केही बर्ष पहिलेसम्म पूर्वाञ्चलका जिल्लाहरूमा इलाम दुध उत्पादनमा अगाडि थियो । त्यसैगरी, पूर्वमा दोस्रो धेरै दुध उत्पादन हुने जिल्ला इलाम भएको छ ।  गत आर्थिक बर्षमा इलाममा १ लाख २१ हजार ५ सय ६२ मेट्रिकटन दुध उत्पादन भएको छ । यस्तै तेस्रो धेरै दुध उत्पादन हुने जिल्ला सिरहा भएको छ । सिरहामा  १ लाख ३ हजार २ सय ८८ मेट्रीकटन दुध उत्पादन भएको छ ।

तपाईको प्रतिक्रिया