गाउँमा बैङक तथा वित्तिय संस्था खोल्न अनुमति नचाहिने

काठमाडौं–असोज १२ । बैंक तथा वित्तीय संस्थाले गाउँमा शाखा स्थापनाका लागि राष्ट्र बैंकको अनुमति नचाहिने भएको छ । राष्ट्र बैंकले शाखा स्थापनासम्बन्धी विद्यमान व्यवस्थामा संशोधन गरी बैंक तथा वित्तीय संस्थालाई यस्तो सुविधा उपलब्ध गराएको हो । nepal-rastra-bank

यो नयाँ व्यवस्थाअन्तर्गत काठमाडौं उपत्यका, महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका केन्द्र बाहेका स्थानमा शाखा खोल्दा राष्ट्र बैंकको पूर्वस्वीकृति नचाहिने भएको छ । शाखा खोल्न अनुमति नचाहिने भएपनि कुन स्थानमा शाखा सञ्चालन भएको भन्ने बारे सात दिनभित्र राष्ट्र बैंकलाई जानकारी भने दिनुपर्नेछ ।

यसअघि ती स्थानमा शाखा सञ्चालनका लागि पनि राष्ट्र बैंकको अनिवार्य अनुमति चाहिने व्यवस्था थियो ।

तपाईको प्रतिक्रिया